नेप्सेमा छायाे हरियाली, परिसूचक ९५ अंकले बढ्दा साढे २ अर्बको कारोबार

काठमाडौं, बैशाख ११ ।  साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी वृद्धि देखिएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेर २४२०.९१ बिन्दुमा पुगेको छ । लामो समयदेखि घट्दै आएको नेप्सेमा आइतबार भने ठूलो वृद्धि देखिएको हो ।

काराेबार रकममा समेत यस दिन ठूलाे सुधार देखिएकाे छ । यसअघि दैनिक एकदेखि डेढ अर्बकाे काराेबार हुँदै जाएकाे बजारमा यस दिन साढे २ अर्बकाे काराेबार भएकाे छ ।

यस दिन २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९२ रुपैयाँमा ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन १ सय ९३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्इ घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन नेशनल हाइड्रो, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइन्नास लगायत १० भन्दा बढी कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ ।

देशमा आवधिक निर्वाचन (स्थानीय तहको निर्वाचन)को वातावरण बनेको र उम्मेद्वारी समेत दर्ता भएकोले अब देशको आर्थिक क्षेत्र लयमा आउने अपेक्षाले सेयर बारोबार उकास्ने मनोबलको रुपमा काम गरेको विश्लेषकहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्