नेप्सेमा सामान्य वृद्धि, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाडौं, बैशाख ८ ।  साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज ४.९४ अंकले बढेर नेप्से २३२५.४५ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले घटेका छन् ।

आज २३१ कम्पनीको ३६ हजार १९० कित्ता शेयर कारोबार हुदा एक अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको जालपा लघुवित्त र ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज कारोबारमा आएको घलेम्दी हाइड्रो को शेयर मुल्य सबै भन्दा बढी ६.३० प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनिको शेयर मुल्य ४.२१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका बैंकिंग, फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ उपसूचकको शेयर मुल्य घटेको छ भने अन्य सबै उपसूचकको मुल्य बढेको छ ।

आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य २.०५ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज नेस्ड़ो लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १० करोड २८ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्