सेयर बजार ३६ अंकले घट्यो

काठमाडौं, बैशाख ७ ।  साताको कारोबारको चौथो दिन नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । आज ३६.७३ अंकले घटेर नेप्से २३२०.५१ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.६९ अंक, फ्लोट इण्डेक्स ३.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले घटेका छन् ।

आज २२८ कम्पनीको ३२ हजार ५०६ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको जालपा लघुवित्त र ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको नेस्डो लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी १० प्रतिशतले घटेको छ भने हिमालयन उर्जा विकास कम्पनिको शेयर मुल्य ६.२९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी फाइनान्स उपसूचकको मुल्य ३.८२ प्रतिशतले घटेको छ भने अन्य उपसूचकको ३.०५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेस्ड़ो लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १९ लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।

त्यसैगरी, एनआईसी एसिया बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्