जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने, आचारसंहिताविरुद्धको रिट खारेज
काठमाडौँ , बैशाख ६ । सर्वोच्च अदातलतले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।
यस अघि जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले दिएको अल्पकालिन आदेश खारेज भएको हो ।
न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो अल्पकालिन आदेश खारेज गर्दै निर्वाचन आचारसंहिता विरुद्धको रिट पनि खारेज गरिदिएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग जनप्रतिनिधिले फेरी उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायम रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस्