आइपीओमा आवेदन दिन छुट्नु भो कि ?

काठमाडौं, बैशाख ४ ।  सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिन सोमबार अन्तिम दिन हो । कम्पनीले चैत २ गतेदेखि आवेदन खुल्ला गरेको थियो ।

कम्पनीको शेयरमा शुक्रबार सम्ममा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज शुक्रबार (वैशाख २ गते) दिउँसो ३ बजेसम्ममा ३ लाख ५३ हजार ५८७ जनाले ४१ लाख १७ हजार ९५० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ११.१४ गुणा बढी आवेदन हो । कम्पनीले आज (वैशाख २ गते) बाट ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने छ ।

कुल जारी सेयर मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको शेयरमा केबल 10 कित्ता आवेदन दिए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्