नेप्सेमा करिब २९ अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं, बैशाख ४ ।  साताको पहिलो दिन नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । आज २९.६० अंकले घटेर नेप्से २३८५.६४ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ५.१२ अंक, फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७९ अंकले घटेका छन् ।

आज २३३ कम्पनीको २९ हजार ४४ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने जलपा सामुदायिक लघुवित्तको शेयर मुल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको हिमालयन उर्जा विकास कम्पनिको शेयर मुल्य सबै भन्दा बढी १० प्रतिशतले घटेको छ भने इमर्जिङ नेपालको शेयर मुल्य ७.८५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी फाइनान्स उपसूचकको मुल्य २.३२ प्रतिशतले घटेको छ भने हाइड्रो पावरको २.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ९९ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण हाइड्रोको ४ करोड ८६ लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्