केजीएफ-२ को बक्स अफिसमा जादू ! विश्वभर ६० करोड कमाई

काठमाडौं, बैशाख ४ ।  यश स्टारर फिल्म केजीएफ-२ ले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिनसम्म विश्वभर करिब ४ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । फिल्मले रिलिजको तेस्रो दिन विश्वभर ६० करोड कमाई गरेको छ ।

योसँगै फिल्मले विश्व बक्स अफिसमा ३९० करोड कलेक्सन गरेको बक्स अफिस इण्डियाले उल्लेख गरेको छ ।

फिल्म समीक्षक तरण आदर्शले फिल्मले शनिबार हिन्दी भाषामा ४२.९० करोड कमाई गरेको उल्लेख गरेका छन् । यसअघि पहिलो दिन विहिबार फिल्मले ५३.९५ करोड कमाई गरेको थियो भने दोस्रो दिन ४६.७९ करोड कमाई गरेको थियो । फिल्मले अहिलेसम्म हिन्दी भाषामा मात्र १४३.६४ करोड कमाई गरेको छ ।

अभिनेता यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डनको अभिनय रहेको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । कन्नडभाषामा बनेको केजीएफ-२ लाई हिन्दीसहित तेलगु, तमिल र मलायलम भाषामा डब गरिएको छ ।

केजीएफ-२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले कुल ४४०० स्क्रिन पाएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्