कांग्रेस कार्यसम्पादन समिति बैठक : घोषणापत्र र चुनावी तयारीबारे छलफल

काठमाडौं, चैत ३० । आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीबारे छलफलका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतमा अनु्सार बैठकमा घोषणापत्रको तयारीबारे छलफल भईरहेको छ।

उनले कांग्रेसले आफ्नो मुद्दाहरुलाई सशक्त रुपमा राख्नेगरी घोषणापत्र तयार गर्ने, गठबन्धनमा तालमेललगायतका बिषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए। बैठक पार्टी कार्यालय सानेपामा जारी छ।

कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्