नेप्सेमा लगातार गिरावट, २४ सयबाट ओरालो लाग्यो

काठमाडौं, चैत २९ ।  मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज ३४.७८ अंकले घटेर नेप्से २३८५.०२ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ५.५२ अंक, फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेका छन् ।

आज २३७ कम्पनीको ३१ हजार ५७६ कित्ता शेयर कारोबार हुदा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ६.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा होटल उपसूचक बाहेक सबैको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी फाइनान्स उपसूचकको मुल्य २.४० प्रतिशतले घटेको छ भने अन्यको २.३२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्