गौरी भट्ट र रोहित देउवाको ‘मुसुर्दानी’ गीत युट्युव ट्रेन्डिङको ३ नम्बरमा ,टिकटमा पनि भाइरल

पार्वती पाठक,  काठमाडौं, चैत २७ । सांगीतीक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाइरहेको बेला यति बेला एउटा नयाँ देउडा गीतले चर्चा पाइरहेको छ ।

सांगीतीक बजार यतिबेला संगितमय बन्दै गएको बेला ‘मुसुर्दानी’ बोलको नयाँ देउडा गीतले चर्चा पाइरहेको हो । चर्चासँगै अहिले उक्त गीत टिकटकमा झनै भाइरल भएको छ । गीत सार्वजनिक भएको केहि समयपछि एकाएक चर्चा बटुल्न सफल भयो ।

गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। यस गीतमा स्वर दिएकी गायिका भट्टले भने यसरी सबैले गीतलाई माया गरिदिदा आफुलाई निकै खुशि लागेको बताएकी छ । दर्शक स्रोता हरुको माया र साथका लागि उनले धन्यवाद समेत दिएकी छन् ।

उक्त नयाँ देउडा गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम र उर्मिला डिएस शाहीको अभिनय रहेको छ।

रोहित देउवाको ‘मुसुर्दानी’ बोलको देउडा गीत केहिदिन अघि मात्रै सार्वजनिक भएको हो । गीतमा देउवाकै शब्द रहेको छ । नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका हुन्।

उक्त गीत युट्युव ट्रेन्डिङमा आइपुगेको छ । अहिले यो गीत युट्युव ट्रेन्डिङ को ३ नम्बारमा रहेको छ ।गीतलाई दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्