कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट , बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए

काठमाडौं । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् ।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।

उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरिरमा तातो घिउ खन्याइदिएका छन् ।

तातो घिउले शरिरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ ।

समाचारमा लेखिएको छ, महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पतिाल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्