सेयर बजार ३५ अंकले बढ्यो, २ अर्ब १२ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ३५.६६ बिन्दुले बढेर २४६४.३१ बिन्दुमा पुगेको छ । यस दिन कुल ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ७९ रुपैयाँमा कारोबार भयो ।

यस दिन १७४ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन हिमालयन पावर पार्टनर, नेस्डो लघुवित्त, नेपाल टेलिकम, एक्सेल डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त लगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

त्यस्तै, यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल, सपोर्ट माइक्रो फाइनान्सलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्