निर्वाचन सर्ने कुनैपनि सम्भावना छैनः आयोग

काठमाडौं । निर्वाचन मिति सर्ने हल्लासँगै निर्वाचन आयोग बोलेको छ । बजारमा आएका समचारहरुप्रति आयोगको ध्यान गएको भन्दै निर्वाचन सर्ने कुनैपनि सम्भावना नरहेको स्रोतले जानकारी दियो ।
स्रोतले मंसिर १० र २१ का लागि आयोगले तयारी तीव्र पारिसकेकाले आयोगले कुनै पनि हालतमा मिति नसर्ने बताएको हो ।

सरकारले दलहरुको सहमतिमै मिति तोकेर त्यहि अनुसार आयोगले आफ्नो काम गरिरहेको छ ।
सवै दलहरुसमेत तोकिएकै मितिमा चुनाव गर्न लागि परेको भन्दै आयोगले त्यस्तो सम्भावना नदेखेको स्रोतले जनाएको छ । यदि त्यस्तै हो भनेपनि सरकारले आयोगसँग एकपटक परामर्श गर्नुपर्ने  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्