नेपाल र पपुवा न्युगिनी भिड्दै, खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य
काठमाडौं , चैत १७ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ ।
घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ ।
श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले बिहीबारको खेल पनि जितेको खण्डमा श्रृंखलाको फाइनलमा पुग्नेछ ।
तीन टोली सम्मिलित श्रृंखलमा दुई दुई खेलको समाप्तीसम्म नेपाल ४ अंकसहित शिर्ष स्थानमा रहँदा मलेसिया दुई अंकसहित दोस्रो तथा अंकबिहिन पपुवा न्युगिनी तेस्रो स्थानमा रहेको छ ।
किर्तिपुर मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखलामा अग्रता लिएको हो ।
प्रतिक्रिया दिनुहोस्