कांग्रेसको निर्णय- स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने

काठमाडौं, चैत १५ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ।

शुक्रबारदेखि जारी केन्द्रीय समितिको मंगलबारको बैठकले गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले स्थानीय आवश्यकता हेरेर चुनावी गठबन्धन गर्ने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्