एल.आर.आई. १०+२ शैक्षिक प्रदर्शनी भब्यताका साथ सम्पन्न
काठमाडौं । LRI School , 10+2 Student Council को Innovation Club कलंकि द्वारा आयोजित १ दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।
बिद्यालयका प्राचार्य डा. देव कान्त जोशीले उदघाटन गर्नु भएको सो प्रदर्शनीमा विद्यालयका १०+२ का विद्यार्थीहरुले विज्ञान, औद्योगिक प्रदर्शनी अन्तरगत हेक्जापड,थ्रिडि प्रिन्टेड रोबोटिक आम, रोबो ब्याटल, रोभर, ड्रोन लगायत आधुनिक सामाग्री प्रदर्शन गरेका थिए । सामाजिक प्रदर्शनीमा छाउपडी प्रथा बिरुद्धको जनचेतना समेत प्रस्तुत गरेका थिए ।
विगत २ वर्ष देखि कोरोना महामारीका कारण नियमित रुपमा विद्यालय संचालन हुन नसक्दा विद्यार्थीहरु प्रयोगात्मक तथा श्रृजनात्मक सिकाईवाट बन्चित भएका थिए ।
सिकाइको शसक्त माध्यमको रुपमा मानिएको प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिन स्कुल तथा विद्यार्थीहरुले छोटो समयमा निकै नै मेहनत गरेको संयोजक ध्रुब खडकाले बताउनु भयो ।
यस प्रकारको प्रदर्शनीले अन्तर विद्यालयका विद्यार्थीहरु बीच ज्ञान तथा सिप आदान प्रदान भई रचनात्मक श्रृजनसिलता बृद्धि हुने बताउदै एल.आर.आई.का संस्थापक यसरेखा पन्तले आगामी दिनमा प्रदर्शनीहरुलाई अझ थप प्राथमिकताका साथ अगाडी बढाउने बताउनु भयो ।
रचनात्मक र सिर्जनात्मक ढंगका कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि प्रस्तुत शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुको बौद्विक क्षमता र ज्ञान, सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताए ।
विद्यालयको परिसरमा आयोजना गरिएको सो प्रदर्शनीमा राजधानीका १८ विद्यालयका १७०० विद्यार्थीहरुले अभिरुचीपूर्वक अबलोकन गरेको संस्थाका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्