फलिस्तानका प्रधानमन्त्रीलाई निशाना बनाएर आक्रमण

एजेन्सी–  प्यालेस्टाइनको गाजामा फलिस्तान प्रशासनका प्रधानमन्त्री रमी हमदुल्लाहलाई निशाना बनाएर आक्रमण भएको छ । घटनामा प्रधानमन्त्री हमदुल्लाह सुरक्षित रहेको भएपनि उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

घटनाको कसैले पनि अझै सम्म जिम्मेवारी नलिएको बताइएको छ । प्रधानमन्त्रीको हत्या गर्ने नियतले गाजा क्षेत्रमा प्रभाव रहेको हमास विद्रोहीहरुले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।

तर हमासले भने घटना आफूहरु संलग्नता नरहेको भन्दै गाजा क्षेत्रको सुरक्षा व्यवस्था विगार्न कसैले षड्यन्त्र गरेको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्