साताको कारोबारको पहिलो दिन नेप्से ४१ अङ्कले घट्यो

काठमाडौं, चैत १३ ।  साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ९.५५ अंक, फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५० अंकले घटेका छन् ।

आज २३२ कम्पनीको ६२ हजार १६४ कित्ता शेयर कारोबार हुदा ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका जीवन विकास लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने इमर्जिंग नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्सको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको मल्टीपर्पोज फाइनान्स कम्पनिको शेयर मुल्य सबै भन्दा बढी ५.५० प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका निर्जीव वीमा बाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य ४.३६ प्रतिशतले घटेको छ भने विकास बैंकको ३.१७ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीव वीमा उपसूचकको शेयर मुल्य १.०९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज अपि हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, गुराँस लाइफ इन्सुरेन्सको १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ९.५५ अंक, फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५० अंकले घटेका छन् ।

आज २३२ कम्पनीको ६२ हजार १६४ कित्ता शेयर कारोबार हुदा ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका जीवन विकास लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने इमर्जिंग नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्सको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको मल्टीपर्पोज फाइनान्स कम्पनिको शेयर मुल्य सबै भन्दा बढी ५.५० प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका निर्जीव वीमा बाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य ४.३६ प्रतिशतले घटेको छ भने विकास बैंकको ३.१७ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीव वीमा उपसूचकको शेयर मुल्य १.०९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज अपि हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, गुराँस लाइफ इन्सुरेन्सको १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्