रोहितको शतकका बाबजुत पनि पीएनजीसँग नेपाल ६ रनले पराजितल

काठमाडौं, चैत ११ ।  नेपाल जारी एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीसँग पराजित भएको छ । पपुवा न्यूगिनीले नेपाललाई ६ रनले पराजति गरेको हो ।

पपुवा न्यूगिनीले दिएको २९३ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन मनाएको हो ।यस खेलमा नेपालका लागि रोहित पौडेलले शतकीय पारी खेल्दै कैयौं किर्तिमान बनाएका थिए ।

रोहित १०७ बलमा १२६ रन बनाएर आउट भएका थिए । रोहितले नेपालको तर्फबाट यस अघि पारस खड्काले बनाएको ११५ रनको रेकर्डलाई तोडदै अब एक इनिंगमा सर्बाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

साथै रोहित एकदिवसीय क्रिकेटमा नेपालको तर्फबाट सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् । रोहितले १६ खेलमा ५८८ रन बनाएका छन् । उनीपछि ज्ञानेन्द्र मल्लले ४८० र पारस खड्काले ३१५ रन बनाएका छन् ।

यस खेलमा नेपालका लागि आरिफ सेखले ३४, कुशल भुर्तेलले ३२, भीम सार्कीले १७, दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए । त्यस्तै कमल सिंह ऐरीले १३ र सोमपाल कामीले १८ रन बनाएका थिए ।

त्यस्तै पपुवा न्युगिनीका लागि नोरमान भानुआले ३ विकेट लिएका छन् भने चार्लेज अमिनी र असाद भालाले २-२ विकेट लिएका थिए ।यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउदै २९२ रन बनाएको थियो ।

पपुवा न्युगिनीका लागि चार्लेज अमिनीले सर्बाधिक ७७ रन बनाए भने कप्तान असाद भालाले ६० रन बनाएका थिए ।त्यसैगरी ओपनर टोनी उराले ३८ रन बनाए भने नोरमान भानुआले अविजित ४७ रन बनाएका थिए । त्यस्तै हिरी हिरीले ४, सेसे बाउले शुन्य, रिले हेकुरेले ३१, सिमन अटाईले २ र जासन किलाले १३ रन बनाएका थिए ।

पपुवा न्यूगिनीले नेपालविरुद्ध कीर्तिमानी ब्याटिंग गरेको छ । पपुवा न्यूगिनीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एक इनिग्नमा अहिलेसम्मकै सर्बाधिक रन बनाएको छ । यस अघि पपुवा न्यूगिनीको एकदिवसीय क्रिकेटमा एक इनिंगमा सर्बाधिक रन हङकङविरुद्ध २०१४ मा २६४ रन बनाएको थियो ।

त्यस्तै यस खेलमा नेपाली बलर सोमपाल कामी, कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए ।सोमपालले ९ ओभरमा ८१ रन दिदै २ विकेट लिए भने दिपेन्द्रले १० ओभरमा एक मेडनसहित ३० रन दिएर २ विकेट लिए । कमलले ९ ओभरमा ५६ रन दिएर २ विकेट लिए ।

त्यसैगरी सन्दीप लामिछाने र पवन सराफले एक एक विकेट लिएका थिए । अब नेपाल र पपुवा न्युगिनीबीच दोस्रो खेल शनिबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्