आज विश्व क्षयरोग दिवस : संसारमा कोभिड पछि क्षयरोग सबैभन्दा संक्रमण रोग भएको एक अध्ययनको निष्कर्ष

काठमाडौँ, र्चैत १० ।  आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइदैछ । यो वर्षको नारा ‘क्षयरोग अन्त्यको लागि लगानि गरौ, जिवन बचाऔं’ भन्ने रहेको छ ।

एक तथ्यांकका अनुसार सन् २०२० मा आएको कोभिड–१९ पछि क्षयरोग विश्वकै दोस्रो घातक संक्रामक रोग मानिएको छ । अघिल्लो वर्ष विश्वभर ९९ लाख मानिसलाई क्षयरोग लागेको थियो । जसमध्ये १५ लाख मानिसको क्षयरोगकै कारण निधन भयो । यो रोगबाट विकासोन्मुख देशहरु अत्यन्तै प्रभावित बनिरहेका छन् ।

सन् २०२० मा दक्षिणपूर्वी एसियामा क्षयरोगका ४३ प्रतिशत नयाँ घटनाहरू भेटिंदा अफ्रिकामा २५ प्रतिशत रोगी थपिएका छन् । डब्लुएचओका अनुसार क्षयरोग संक्रमणको दुईतिहाइ भाग बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण अफ्रिका गरी आठ देशमा रहेको छ ।

नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कले देखाउँछ । यो रोगका कारण एक वर्षमा १६ हजार जनाले ज्यान गुमाउँदै आएका छन् । तर सामाजिक लाञ्छना भेदभावको भयका कारण ठुलो संख्यामा क्षयरोगी उपचारमा नआउने चिकित्सक बताउछन् ।

केन्द्रका अनुसार २८ हजार ६ सय ७७ जना बिरामी मात्र केन्द्रको सम्पर्कमा छन् । केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले लुकेर रहेका रोगीलाई उपचारको पहुँचमा ल्याउन चुनौती बन्दै गएको छ । सरकारले पनि यो रोग नियन्त्रणमा विनियोजन गरेको रकम समेत सदुपयोग गर्न नसक्दा रोगीको संख्यामा बृद्धि हुदै गएको जानकारहरु बताउँछन् ।

चालु आर्थिक वर्षमा ८० करोड रकम छुट्याएको सरकारले अहिले सम्म २० प्रतिशत पनि खर्च गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्