खस्किँदै पुँजीबजारः १४ अंकले घट्यो नेप्से

काठमाडौं, चैत ६ ।  साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ३.०१ अंक, फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेका छन् ।

आज २२४ कम्पनीको ३५ हजार २१२ कित्ता शेयर कारोबार हुदा २ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएको राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने एमर्जिंग नेपालको शेयर मुल्यमा ९ भन्दा बढी प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको मैलुंग खोला जलविद्युतको शेयर मुल्य सबैभन्दा बढी ३.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका लगानी उपसूचक बाहेक सबै उपसूचकको मुल्य घटेको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन उपसूचकको मुल्य १.९६ प्रतिशतले घटेको छ भने लगानी उपसूचकको श्येर मुल्य १.६६ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, जीवन विकास लघुवित्तको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्