नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

काठमाडौं, चैत २ ।  होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ ।

यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्