नेप्सेमा हरियाली, १०१ अंकले बढ्यो, कारोबार रकम झन्डै ५ अर्ब नजिक

काठमाडौं, फागुन २९ ।  साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०१. ०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स १६.३७ अंक, फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेका छन् ।

आज २२८ कम्पनीको ६४ हजार ६३५ कित्ता शेयर कारोबार हुदा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका एशियन लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्सुरेन्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने एमर्जिंग नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सुर्य लाइफ र मन्जुश्री फाइनान्सको शेयर मुल्यमा ९ भन्दा बढी प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको म्युचुअल फण्ड-१ को शेयर मुल्य सबैभन्दा बढी २.९३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य बढेको छ । आज सबै भन्दा बढी जीवन वीमा उपसूचकको मुल्य ६.९४ प्रतिशतले बढेको छ भने हाइड्रोको ५.३७, उत्पादनको ५.०२ र फाइनान्सको ५.०१ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज शिभम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, अपि पावरको ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्