गायक कमल बिसि माल्दार्इको गर्लफ्रेण्ड नहुदा यस्तो हालत भयो (भिडियोसहित)

काठमाडौं । लोकप्रिय युवा गायक कमल बिसि माल्दाइको नयाँ लोकपप गित गर्लफ्रेण्ड छैन बजारमा सार्वजनिक भएको छ । धेरै समयको मेहनतपछि गर्लफ्रेण्ड छैन बोलको गित माल्दाइले रिलिज गरेका हुन ।

पृथक धार अगाल्दै गायक बिसिले यसपटक गायनसंगै भिडियोमा मोडलिङ्ग समेत गरेका छन । थुर्पे गितमा स्वर दिसकेका वि सि ले यस गितमा आफै मोडल गरेका छन ।

यस गितमा शब्द,संगित र स्वर उनको आफ्नै रहेको छ । अहिलेका व्यस्त युवानिर्देशक विक्रम चौहानले निर्देशन गरेको यस गितमा चर्चित मोडल आरुषि मगर,विक्रम चौहान र स्वयं गायक कमल बिसि माल्दाईको दमदार अभिनय देख्न सकिन्छ ।
दिपेश थापाको प्रस्तुतीमा तयार पारिएको गितलाई बागेश्वरी म्युजिकले बजार व्यवस्थापन गरेको हो । वाउ नेपालको अफिसियल युट्युब च्यानलबाट रिलिज गितलाई दर्शक स्रोताले रुचाउनेमा गायक बिसिले विश्वास व्यक्त गरेका छन । हेर्नुहोस कमल बिसि माल्दाईको विल्कुलै नयाँ गित गर्लफ्रेण्ड छैनको अफिसियल भिडियो

प्रतिक्रिया दिनुहोस्