नेपालमा थप ६२ लाख मात्रा फाइजर खोप आउँदै
काठमाडौं, फागुन २१ । नेपालमा थप ६२ लाख मात्रा (डोज) फाइजर खोप आउने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।
उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते ९२५ मार्च० सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ । यस्तै बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र अप्रिल १८ मा आउने छ । उनले हरेक पटकमा १५ लाख डोज मात्राका दरले खोप नेपाल आउने जानकारी दिए । अमेरिकाले थप ३० लाख डोज खोप पनि दिनसक्ने उनले बताए ।
नेपालमा भएका खोप भण्डारको क्षमतालाई ध्यानमा राख्दै फरक(फरक समयमा मात्रा निर्धारण गरेर खोप आउने उनले बताए । यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिने चौरासियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्