४३ अंकले घट्यो नेप्से

काठमाडौं, फागुन १६ ।  साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेका छन् ।आज २२७ कम्पनीको ५४ हजार १२१ कित्ता शेयर कारोबार हुदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका तेर्हथुम पावर र साम्लिंग पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने दिव्यश्वरी हाइड्रोको शेयर मुल्य ८.५५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी हाइड्रो उपसूचकको मुल्य ३.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज अपि पावरको सबै भन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्