राष्ट्र उत्थान लघुवित्तको शेयर बाँडफाँड,कसरी हेर्ने नतिजा ?

काठमाडौं, फागुन १२ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार बाँडफाँट भएको छ ।

यस आइपीओमा गोलाप्रथामार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार कुल २५ लाख ८५ हजार २६१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख ७९ हजार ४०२ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।

राष्ट्र उत्थानले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, राष्ट्र उत्थानको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्