करिब ५९ अंकले घट्यो नेप्से
काठमाडौं, फागुन १२ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा पुगेको छ ।
नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स १०.३६ अंक, फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले घटेका छन् ।आज २२९ कम्पनीको ६५ हजार ११ कित्ता शेयर कारोबार हुदा ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
कारोबारमा आएको हिमालयन जनरल इन्सुरेन्सको शेयरमूल्य आज सर्वाधिक ९.९१ प्रतिशत बढेको छ । त्यसैगरी, आज युनिभर्सल पावरको शेयर मूल्य ५.७० प्रतिशतले घटेको ।
त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी फाइनान्स उपसूचकको मुल्य ३.०१ प्रतिशतले घटेको छ भने जीवन वीमा उपसूचकको मुल्य २.८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोको सबै भन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको २६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल टेलिकमको २५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्