शेयर बजारमा १७ अंकको सुधार

काठमाडौं, फागुन १० ।  शेयर बजार परिसूचकमा मंगलबार (आज) पनि सुधार आएको छ ।

बजार परिसूचक नेप्से मंगलबार १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि सोमबारको तुलनामा १ अर्बले बढेको छ ।

सोमबार २ अर्ब ९९ करोडको कारोबार भएकोमा मंगलबार २२ करोडले बढेर ३ अर्ब २१ लाख रुपैयाँको कारोबार भएको छ ।

लगानी र उत्पादन समूहबाहेकका समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी १ सय २८ अंकले बढ्दा विकास बैंक ७० अंकले उकालो लागेको छ ।

लगानीकर्ताले हाइड्रोपावरमा लगानी बढाएका छन् भने त्यसकै शेयरमा १० प्रतिशतसम्मको वृद्धि भएको छ । यस दिन मैलुङ्गखोला जलविद्युत् र युनाइटेड मार्दी जलविद्युत् कम्पनीले सकारात्मक सर्किट लागेको छ ।

यस दिन २ सय २८ कम्पनीका ६० लाख ८१ हजार ६ सय २ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्