अफगानिस्तानमा तालिवानको आक्रमण :२४ सुरक्षाकर्मीको मृत्यु
काठमाडौं । अफगानिस्तानको फराह राज्यमा तालिवान समूहले गरेको आक्रमणमा २४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
इरानको सिमा नजिक अफगानिस्तानको बाला बुलुक जिल्लामा तालिवानविरुद्ध कारबाहीको तयारीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो ।
मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।
अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीब्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ ।
यसैक्रममा १० दिनअघि भएको हवाई हमलामा केही तालिवानको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्