५३ अंकले बढ्यो नेप्से , कारोबार रकम कति ?

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५३.३० अंक बढेर २७५४.२८ विन्दुमा पुगेको छ । नेप्से सूचक सँगै यस दिन सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ३.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेका छन् ।

आज २२४ कम्पनीको ४३ हजार ५१९ कित्ता शेयर कारोबार हुदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरको शेर किनबेच भएको छ ।

कारोबारमा आएको न्यादी हाइड्रोको शेयरमूल्य आज सर्वाधिक १० प्रतिशत बढेको छ । त्यसैगरी, आज तेर्हथुम पावरको शेयर मूल्य ८.७० प्रतिशतले बढेको छ । आज एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य सर्वाधिक ३.१४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य बढेको छ । आज सबै भन्दा बढी हाइड्रोपावर उपसूचकको मुल्य ४.३२ प्रतिशतले बढेको छ भने अन्य उपसूचकको मुल्य ३.३८ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्ट्रिलरी लिमिटेडको सबै भन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड भन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, मेश्नल हाइड्रो र नेपाल टेलिकमको १८-१८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्