शेयर बजार १ सय १ अङ्कले घट्यो, नेप्से २७ सय विन्दुमा झर्यो
काठमाडौं, फागुन १ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा सय अंकको गिरावट आएको छ । आज नेप्से १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा पुगेको छ ।
आइतबार कारोबार भएका २२७ कम्पनिका ८१ हजार ८३७ कित्ता शेयर कारोबार भएका छन् भने आज ५ अर्ब ९७ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ ।
त्यसैगरी आज कारोबारमा सबै उपसूचकको शेयर मुल्य घटेको छ ।आइतबार सबैभन्दा बढी हाइड्रोपावर उपसूचकको मुल्य ५.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज लगानी उपसूचकको मुल्य ५.०३ प्रतिशतले घटेको छ भने फाइनान्स उपसूचकको शेयर मुल्य ४.६५ प्रतिशतले घटेको छ ।
त्यस्तै आइतबार अपर तामाकोशीको शेयर मुल्य सबैभन्दा बढी ८.३७ प्रतिशतले घटेको छ भने नारायणी विकास बैंकको शेयर मुल्य ८.२६ प्रतिशतले घटेको छ ।
आइतबार अपर तामाकोशीको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । यस कम्पनिको आज ३२ करोडभन्दा बढीको कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोको २८ करोडभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्