नेप्सेमा २२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ, माघ २६ । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २२।११ अंकले घटेर २८१३।४७ विन्दुमा पुगेको छ ।

बुधबार कारोबार भएका २२३ कम्पनिका ४५ हजार ११२ कित्ता शेयर कारोबार भएका छन् भने आज केवल ३ अर्ब ४७ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ । यसअघि मंगलबार ६ अर्ब ३८ करोडको कारोबार भएको थियो ।

त्यसैगरी आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ ।

बुधबार सबैभन्दा बढी निर्जीव वीमा उपसूचकको शेयर मुल्यमा १।५० प्रतिशतले गिरावट आएको छ भने ट्रेडिङ उपसूचकको मुल्य १।२२ प्रतिशतले घटेको छ ।

त्यस्तै बुधबार लिबर्टी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ३।०८ प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघु वित्तको शेयर मुल्य २।८० प्रतिशतले बढेको छ ।

त्यसैगरी आज बुद्ध भूमि हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ६।६४ प्रतिशतले घटेको छ ।

बुधबार अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । यस कम्पनिको आज १८ करोडभन्दा बढीको कारोबार भएको छ भने नेपाल टेलिकमको १४ करोडभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्