नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, माघ २५ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ ।
मंगलबार कारोबार भएका २३० कम्पनिका ७१ हजार ३४० कित्ता शेयर कारोबार भएका छन् भने आज ६ अर्ब २८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ । यसअघि सोमबार ५ अर्ब २ करोडको कारोबार भएको थियो ।
त्यसैगरी आज कारोबारमा आएका होटल, उत्पादन, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ उपसूचक बाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ ।
मंगलबार सबैभन्दा बढी हाइड्रो र लगानी उपसूचकको शेयर मुल्यमा १.५४ प्रतिशतले गिरावट आएको छ भने जीवन वीमा उपसूचकको मुल्य १.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै मंगलबार नेपाल इन्सुरेन्स कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले बढेको छ भने बुद्ध भूमि हाइड्रोको शेयर मुल्य ३.४४ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज लिबर्टी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ ।
मंगलबार अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । यस कम्पनिको आज ३५ करोडभन्दा बढीको कारोबार भएको छ भने अपि हाइड्रोको ३३ करोडभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्