साताको दोस्रो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौँ , २४ माघ । साताको दोस्रो दिन (सोमबार) सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ ।
अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढ्दै ५३५.३२ अंकमा उक्लिएको छ । आज बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् । १५ अंक माथिले बढेको बजारमा आज ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्