नेप्सेमा ४० अंकको गिरावट, कारोबार रकमपनि घट्यो
काठमाडौं, माघ २३ । साताको कारोबारको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । आज नेप्सेमा ४०.५७ अंकले घटेर आज २८३६.१७ विन्दुमा पुगेको छ ।
आइतबार कारोबार भएका २२८ कम्पनिका ७३ हजार १९२ कित्ता शेयर कारोबार भएका छन् भने आज ५ अर्ब ८३ करोड ६४ लाखभन्दा बढीको कारोबार भएको छ ।त्यसैगरी आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ ।
आइतबार सबैभन्दा बढी जीवन वीमाको शेयर मुल्य ३.५७ प्रतिशतले घटेको छ भने फाइनान्स उपसूचकको २.४१ प्रतिशतले घटेको छ ।
त्यस्तै आइतबार नेपाल हाइड्रो डेभलपरको शेयर मुल्य सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड विकास बैंकको शेयर मुल्य ३.८० प्रतिशतले बढेको छ । त्यसैगरी आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार सबैभन्दा बढी शेयर कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । यस कम्पनिको आज ५४ करोडभन्दा बढीको कारोबार भएको छ भने नेपाल लाइफ इन्सुरेन्सको ४२ करोडभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्