१९ अङ्कले बढ्यो शेयर बजार , साढे ६ अर्ब रुपैयाँको कारोबार
काठमाडौं, माघ १८ । हिजो सोमवार साढे १४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार १९ अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ ।
आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ अङ्कले, विकास बैंक समूहको १, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ ।
आज दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्