महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि आज करिब २ः३५ बजे दिउँसो अज्ञात समूहले गोली हानेको थियो ।

गौचनको पेटमा दुईवटा गोली लागेको थियो । उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले जानकारी दिए ।

बा १३ च ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको शिसा छेड्दै गोली गौचनको पेटमा लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्