नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ माघ १३ ।   साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । विहिबार नेप्से परिसूचक ३.२९ अंक बढेर २७७९.९३ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३८ अंक र फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२४ कम्पनीको ६६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री हुदा ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, आज सिईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ ।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६९ प्रतिशत घटेको छ ।

आज नेशनल लाइफ इन्स्योरेन्सको सबै भन्दा बढी रकमको कारोबार भएको छ । त्यस्तै आज नेपाल टेलिकम, अपि पावर र शिखर इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्