लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार
काठमाडौं, माघ ११ । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज मङ्गलवार पनि घटेको छ ।
अस्ति आइतवार ११ र हिजो सोमवार झन्डै एक सय अङ्कले घटेको नेप्से आज पाँच दशमलव ९२ अङ्कले घटेर दुई हजार आठ सय १४ दशमलव ७४ विन्दुमा झरेको छ ।
आज जीवन बीमा समूहबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । ९७ लाख ८४ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सोरेन्सको २६ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्