सरकारलाई समर्थन सहित काँग्रेससंग तालमेल गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई समर्थन गर्नुका साथै चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्नका लागि सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र लगाएत वामपन्थी पार्टीहरुसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने अवस्था आएको राप्रपाको ठहर छ ।

 

प्रतिक्रिया दिनुहोस्