नेप्सेमा १० अंकको गिरावट
काठमाडौं , माघ ४ । । साताको कारोबारको तेस्रो दिन नेप्सेमा १० अंकको गिरावट आएको छ । मंगलबार नेप्से १०।७८ अंकले घटेर २९३६।६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै मंगलबार २२४ कम्पनीको एक लाख १५ हजार ९५८ कित्ता सेयर खरिद(बिक्री हुँदा कुल ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज २८ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोको २५ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका बैंकिंग, होटल, म्युचुअल फण्ड र अन्य उपसूचक बाहेक सबै उपसूचकको मुल्य घटेको छ ।
नेप्सेका अनुसार आज ट्रेडिङ उपसूचकको सबैभन्दा बढी २।६३ प्रतिशतले घटेको छ भने आज अन्य उपसूचकको मुल्य १।३२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज समलिंग पावर कम्पनिको सबैभन्दा बढी ९।४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशीको शेयर मुल्य ८।११ प्रतिशतले बढेको छ ।
त्यस्तै आज मानुषी लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्