नेप्सेमा हरियाली: ६९ अंकले बढ्दा २९ सय विन्दु पार
काठमाडौं, माघ २ । साताको कारोबारको पहिलो दिन नेप्सेमा ६९ अंकको वृद्धि भएको छ । आइतबार नेप्से ६९ अंकले बढेर २९ सय विन्दु पार गर्दै २९२६.७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै आइतबार २२९ कम्पनीको एक लाख एक हजार ५८९ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । यस कम्पनीको आज ३६ करोड ४३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपि हाइड्रोको ३० करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा सबै उपसूचकको मुल्य बढेको छ । नेप्सेका अनुसार आज उत्पादन उपसूचकको सबैभन्दा बढी ५.६२ प्रतिशतले बढेको छ भने आज अन्य उपसूचकको मुल्य ३.०९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज स्ट्याण्डर्ड चार्टर बैंक र मध्य भोटेकोशीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज ग्लोबल आइएमई बैंकको डेभेन्चरको शेयर मुल्यमा सबैभन्दा बढी ३.५९ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्