नेप्सेमा ४३ अंकको वृद्धि

काठमाडौं, पुस २२ ।  विहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४३ अंकको वृद्धि भएको छ ।

यस साताको कारोबारको अन्तिम दिन नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै विहिबार २३८ कम्पनीको ४८ हजार १६१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ३ अर्ब ६७ करोड ६८ लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये उत्पादन र ट्रेडिङ बाहेकका उपसूचक बढेका छन् । नेप्सेका अनुसार आज होटल समुहको सबैभन्दा बढी मुल्य ३.४८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज नेपाल फाइनान्स, तेर्हथुम पावर कम्पनि र मध्यभोटेकोसी जलविद्युत कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज एनबिबीको डिभेन्चरको सेयर मूल्यमा सबै भन्दा धेरै ३.५३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्