लगातार चार दिन बढेको सेयरबजारमा आज ३० अंकको गिरावट
काठमाडौं, पुस २१ । लगातार चार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज घटेको छ । सेयरबजारमा दोहोरो अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा थामिएको छ।सेन्सिटिभ सूचक पनि आज ६.६८ अंकले घटेको छ।
कुल २३६ कम्पनी सामेल भएको कारोबारमा आज ९५ लाखभन्दा धेरै कित्ता सेयर बिक्री भएका छन्।दिनभरिमा ५८ हजार ५ सय ७२ पटकको खरिदबिक्रीपछि कुल कारोबार रकम ४ अर्ब ६२ करोड नाघेको छ।
आज जलविद्युत्, फाइनान्सबाहेक अन्य समूहको सूचक राताम्य छन्। मध्यभोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढे पनि बाँकी कम्पनीका लगानीकर्ता निराश भएका छन्।
लगानीकर्ताले आज ४।५५ प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ। कम्पनीको १८ करोडको सेयर खरिदबिक्री भएको हो।
प्रतिक्रिया दिनुहोस्