आजको सुनचाँदीको मूल्य : सुन तोलामा सात सय रुपैयाँले बढ्यो
काठमाडौँ , १९ पुस । सोमबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ ।
शुक्रबार ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९३ हजार चार सय रुपैयाँ पुगेको कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज महासंघले तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।
त्यस्तै , आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार २ सय ७० रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्