पुश्कल शर्माको ‘तिम्रो थर मेरो थर एउटै बनाम घर’ जताततै चर्चामा , आइपुग्यो युट्युव ट्रेन्डिङको २३ नम्बरमा , (भिडियो सहित )

काठमाण्डौ, पुस १८ ।  सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाइरहेको छ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ ।यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा सावैजनिक भइरहेका हुन् ।

बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्।माया, प्रेम, दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर दर्शकले अलि सिरियस गीत बढि रुचाउने गर्दछन् ।

सोहि क्रममा गायक पुश्कल शर्मा शान्ति र श्री परियारको आवाजमा नयाँ गित “तिम्रो थर मेरो थर एउटै बनाम घर” बोलको गीत बजारमा आएको छ। गीतमा पुश्कल शर्माको लय शब्द रहेको छ । गीतको शब्द चयनमा रस संगै लयमा माधुरियता गीतमा देखिएछ। गीतलाइ दर्शक श्रोताले मन पराउदै गएको आकलन गरिएको छ।

भिडियो तर्फ, पुस्कल शर्मा सबि शर्माको मनमोहक अभिनय रहेको भिडियोलाइ कथारनिर्देशन पुश्कल शर्माको रहेको छ।भिडियोलाइ दिपक विष्टले सम्पादनरकलर गरेका हुन्।गीतको भिडियो पुश्कल शर्माको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।

अहिले उक्त गीत युट्युव ट्रेन्डिङमा आइपुगेको छ । अहिले यो गीत २३ औं ट्रेन्डिङमा रहेको छ ।गीतलाई सो्रता दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्