एनसीसी बैंक र होटल सिराइचुलीवीच विभिन्न सेवामा छुटको संझौता
काठमाडौं , पुस १५ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ ।
बैँकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन । हालै बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।
बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंकले २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्