आज पनि घट्यो सेयर बजार, कारोबार रकम कति ?
काठमाडौं, पुस १३ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि सेयर बजार घटेको छ। पुँजी बजार मापन परीसूचक नेप्से २. ६६ अंकले घटेर २५१८.९९ बिन्दुमा ओर्लिएको हो। कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको सेयर बजार कारोबारको दोस्रो दिन सोमबार भने भारी अंकले घटेको थियो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार हिजो सोमबार पुँजीबजार मापक परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा ओर्लिएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ।
साताको दोस्रो कारोबार दिन सोमबार पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको कारबार भएको सेयर बजारमा आज मंगलबार तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँको मात्र कारोबार भएको छ।
आज कूल २३० वटा कम्पनीका एक करोड ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच भएका छन्। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज घटेको छ। सोमबार यस्तो सूचक ०.९१ अंकले घटेर ४७०.९८ विन्दुमा ओर्लिएको छ।
आज कारोबारमा आएको एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै आज गोर्खाज फाईनान्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको सेयर मूल्य आज ९.९९ प्रतिहतले घटेको छ। मंगलबार कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सेयर मूल्य बढेको छ। बाँकी समूहको सेयर मूल्य घटेको छ।
प्रतिक्रिया दिनुहोस्