अति गरिब १० हजारको नि:शुल्क स्वास्थ्य बिमा ,२८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु

काठमाडौं  – सरकारले करिब १० हजार ‘अति गरिब’ व्यक्तिको नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको राष्ट्रिय बिमा नीतिअनुसार उनीहरूको बिमा सरकारले गरिदिएको हो ।

स्वास्थ्य बिमा बोर्डका अनुसार सरकारले उपलब्ध गराएको परिचय खुल्ने सूचीका आधारमा ५० हजार रुपैयाँ बराबरको बिमा गरिएको हो । अछाम, बागलुङ, तनहुँ, गोरखा, रोल्पा, जाजरकोट, बर्दिया, खोटाङ, भोजपुर, रामेछाप र सिन्धुलीमा अति गरिबको नाम सूचीका आधारमा बिमा गराइएको बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले बताए ।

‘अहिलेसम्म २८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ, यसै आर्थिक वर्षभित्र ४० जिल्लामा पुर्‍याउने लक्ष्य छ,’ लोहनीले भने । उनका अनुसार आगामी आर्थिक वर्ष २०७५/७६ मा ७७ वटै जिल्लामा यो सुविधा उपलब्ध हुनेछ ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्